Kathmandu Press

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं, चैत १३ : सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ। यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको...
मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं, चैत १३ : सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ। 

यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो।

वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर्न लागेको जनाएको छ।

'मलको तत्कालीन समस्या समाधान हामीले गरिसकेका छौँ। मलको दीर्घकालीन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ,' मन्त्री अर्यालले भनिन्, 'यसवर्ष मलको अभावमा किसानहरु छटपटाउनुपर्ने छैन भने उत्पादनमा कमी आउने छैन । मध्यकालीन समस्या समाधानका निम्ति प्रक्रिया अगाडि बढाएका छौं।'

मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो।

कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्