हिन्दूराष्ट्र पुनःस्थापनाका लागि विदेशीको सहयोग चाहिँदैनः जबरा
काठमाडौं, जेठ २२ : राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा ग....

काठमाडौं, जेठ २२ : राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने बाचा गरिसकेकाले यसका लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताए। उनले भने,‘नेपाललाई विदेशीको इशारामा दुई-चार जना नेताले धर्मनिरपेक्षता बनाए। हाम्रो पार्टी यसको विरुद्धमा छ। अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं।’
उनले नेपालमा ८१ प्रतिशत हिन्दू रहेकाले अब सबै एकीकृत भएर हिन्दू राष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए। उनले नेपाललाई हिन्दूराष्ट्र बनाउन विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारे। राणाले भने,‘नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि हामीलाई अरुको सहयोग चाहिँदैन। हामीसँग भएको संख्या नै काफी छ।’











