Kathmandu Press

अब सुदूरपश्चिम सरकार फेरबदल हुन्छ : मन्त्री भट्ट

धनगढी, चैत १३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन्।शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री...
अब सुदूरपश्चिम सरकार फेरबदल हुन्छ : मन्त्री भट्ट

धनगढी, चैत १३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन्।

शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टले एमालेमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कने बताए। उनले भने, ‘हामी यहाँको नेतृत्व आएका छौँ। अब छलफल गर्छौँ। यो सरकारले गति लिन सकेको छैन। अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ।’

उनकै पहलमा नेकपा (माओवादी केन्द्र)का नेता त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए। एमाले र माओवादी अलग भएपछि मन्त्री भट्ट एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सुदूरपश्चिम इन्चार्ज बनाएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेको पनि समर्थन रहेको छ। एमालेले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्नेछ।

प्रकाशित मिति: २०:०६ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्