नेपाल टेलिकमले लाभांश वितरण गर्ने
काठमाडौं, चैत १३ : नेपाल टेलिकम आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । शुक्रबार भएको नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभाले गत...
काठमाडौं, चैत १३ : नेपाल टेलिकम आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । शुक्रबार भएको नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रति शेयर ४० रुपैयाँका दरले लाभांश वितरण निर्णय गरेको छ।
सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको छ ।
१३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरुप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताए । उनले कम्पनीलाई सबल र अग्रणी संस्थाको रुपमा विकास गरिएको बताउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरु उपलब्ध गराइएको पनि बताए ।
टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट दुई करोड गरी १२ करोड रुपैयाँ योगदान गरेको थियो ।
यस्तै, गत आर्थिक वर्ष २०७६÷७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा ३५ अर्ब पाँच करोड रुपयाँ टेलिकमले बुझाएको थियो । गत आर्थिक वर्ष २०७६÷७७ मा टेलिकमले ४२ अर्ब ९९ करोड राजश्व र नौ अर्ब ७५ करोड रुपैयाँ मुनाफा कमाएको छ।











