सिद्धबाबालाई १५ दिनभित्र झिकाउन उच्च अदालतकाे आदेश

काठमाडौं, चैत १३ : बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले झिकाउने आदेश दिएको छ।
शुक्रबार न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणुका शाहको इजलासले उनलाई १५ दिनभित्र झिकाउन आदेश दिएकाे हाे।
गिरीलाई मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको साढे तीन महिना कटेपछि उच्च अदालत सरकारी वकिलको कार्यालयले फागुन २८ गते उच्च अदालत विराटनगरमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो।
२०७६ कात्तिक ४ गते सिद्धबाबाले करणी गरेको भन्दै २०७६ मंसिर ११ गते एक महिला अनुयायीले जाहेरी दिएकी थिइन्। गिरी चतरास्थित आश्रममा छन्।
प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











