Kathmandu Press

भिजिविलिटी कम हुँदा हवाइ उडान प्रभावित

भिजिविलिटी कम हुँदा हवाइ उडान प्रभावित

काठमाडौं, चैत १३ : शुक्रबार दिउँसो काठमाडौंको आकाशमा तुवाँलो बढेपछि हवाइ उडान प्रभावित भएको छ । तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु दिउँसो २ बजेदेखि प्रभावित भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भिजिविलिटी नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको छ । 

भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु दिउँसोदेखि नै रोकिएको विमानस्थलले जनाएको छ । 

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्