Kathmandu Press

शुक्रबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत १३ : नेपालमा शुक्रबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना...
शुक्रबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत १३ : नेपालमा शुक्रबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ७० जना निको भएर फर्किएका छन्।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ।

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्