मुम्बई अस्पताल आगलागीमा मृतक संख्या नौ पुग्यो
काठमाडौं, चैत १३ : भारतको मुम्बाईमा रहेको कोभिड-१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। अझै केही व्यक्ति फसेको अनुमान...
काठमाडौं, चैत १३ : भारतको मुम्बाईमा रहेको कोभिड-१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ।
बिहीबार राती भएको आगलागीमा परेका ६ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उपनिरीक्षक प्रशान्त कदमले बताए।
कोभिड प्रकोपको दोस्रो लहर आइरहेको अवस्थामा कोरोना अस्पतालमै आगलागी भएको हो।
प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











