Kathmandu Press

विप्लवको पार्टीका जिल्लास्तरीय नेता पक्राउ

काठमाडौं, चैत १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्लास्तरीय नेता पक्राउ परेका छन्। पक्राउ पर्ने नेता ताप्लेजुङ जिल्ला...
विप्लवको पार्टीका जिल्लास्तरीय नेता पक्राउ

काठमाडौं, चैत १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्लास्तरीय नेता पक्राउ परेका छन्। पक्राउ पर्ने नेता ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बू (सक्कल) हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार लिम्बू बिहीबार राति पक्राउ परेका हुन्। ताप्लेजुङ प्रहरीले राजनीतिक आस्थाका रूपमा नभई अपराधमा संलग्न भएकाले पक्राउ गरिएको प्रतिक्रिया दिएको छ। लिम्बूविरुद्ध विस्फोटनसम्बन्धी कसुरमा अदालतबाट पहिल्यै पक्राउ पुर्जी जारी भएको स्पष्ट पारे।

सरकार र विप्लव नेतृत्वको पार्टीबीच फागुन २१ गते शान्ति सम्झौता भएको थियो । सोही सहमतिमा पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र नेता-कार्यकर्तामाथि लागेका सबै मुद्दा खारेज गर्ने सहमति भएको थियो । सो सहमतिपछि पहिलोपटक विप्लव नेतृत्वको नेकपाका नेता समातिएको आँकलन गरिएको छ।

सम्झौतामा विप्लवको पार्टीका नेता, कार्यकर्तालाई छाड्ने भनिए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै सोही पार्टीका नेता-कार्यकर्ता सशंकित भएका बेला लिम्बू पक्राउ परेका हुन्। विप्लवले केही दिनअघि मात्र सम्झौतापत्रमा उल्लेख गरिएको विषयलाई व्यावहारिक रूप दिनुपर्ने  प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्