Kathmandu Press

अफ्रिकी स्वाइन ज्वरोबाट प्रभावित देशको सूचीमा भारत 

काठमाडौं, चैत १३ : अमेरिकाले भारतलाई अफ्रिकी स्वाइन ज्वरोबाट प्रभावित देशहरुको सूचीमा समावेश गरेको बताएको छ।अमेरिकाले बिहीबार भारतबाट आउने सुँगुरको मासु र सुँगुरको...
अफ्रिकी स्वाइन ज्वरोबाट प्रभावित देशको सूचीमा भारत 

काठमाडौं, चैत १३ : अमेरिकाले भारतलाई अफ्रिकी स्वाइन ज्वरोबाट प्रभावित देशहरुको सूचीमा समावेश गरेको बताएको छ।

अमेरिकाले बिहीबार भारतबाट आउने सुँगुरको मासु र सुँगुरको मासुबाट बनेको उत्पादनमा प्रतिबन्ध लगाएको छ।

बिहीबार जारी संघीय सूचनामा अमेरिकाको कृषि र पशुपालन स्वास्थ्य निरीक्षण सेवा विभाग (एपीएचआईएस) ले भारत अफ्रिकी स्वाइन ज्वरो (एएसएफ) बाट प्रभावित क्षेत्रको सूचीमा राखेको बताएको हो।

‘हामीले रोगको पुष्टि भएपछि सन् २०२० मे बाट कारबाही सुरु गरेका थियौं र अहिले यसलाई नियमावलीमा समावेश गरेको सूचित गरेका छौं,’ कृषि विभागले भन्यो। 

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्