Kathmandu Press

सञ्चारसम्बन्धी विधेयक समावेशी बनाउन ध्यानाकर्षण

काठमाडौं, जेठ २२ : सञ्चारसम्बन्धी विधेयकलाई समावेशी बनाउन क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)ले ध्यानाकर्षण गराएको छ। 

संघीय तथा प्र....

सञ्चारसम्बन्धी विधेयक समावेशी बनाउन ध्यानाकर्षण

काठमाडौं, जेठ २२ : सञ्चारसम्बन्धी विधेयकलाई समावेशी बनाउन क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)ले ध्यानाकर्षण गराएको छ। 

संघीय तथा प्रदेश सरकारको सञ्चारसम्बन्धी विभिन्न विधेयक मस्यौदामाथि लैंगिक दृष्टिकोणबाट समावेशी बनाउन डब्लूडब्लूजेले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

संस्थाका पदाधिकारीसहित पत्रकार महिलाको टोलीले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै सभापति खड्काले सञ्चारसम्बन्धी विधेयकहरु लैंगिक दृष्टिकोणबाट पारित गराउन विशेष ध्यान दिने बताइन। ‘निश्चित समुदायले उठाएपछि मात्र विधेयक संशोधन गर्ने र निश्चित समुदायले मात्र उठाउनु पर्ने बाध्यता हटाइनुपर्छ,’ खड्काले भनिन्।

डब्लूडब्लूजे अध्यक्ष अमिका राजथलाले बन्दै गरेका सञ्चारसम्बन्धी विधेयकहरू समावेशी नभएकाले संशोधन गरेर मात्र अगाडि बढाउन आग्रह गरिन। सञ्चारसम्बन्धी विधयेकले महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्नु पर्ने माग गरिएको छ।

 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्