उपत्यकाका सार्वजनिक स्थलमा होली खेल्न निषेध
काठमाडौं, चैत १३ : उपत्यकाका तीनवटै जिल्लाका सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको छ ।कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली...
काठमाडौं, चैत १३ : उपत्यकाका तीनवटै जिल्लाका सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको छ ।
कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मात्र होली मनाउन अपिल गरेको थियो ।
यस्तै सडक, चोक तथा सार्वजनिक स्थानमा भीडभाड हुने गरि होली नमनाउने, पानी नछ्याप्ने, लोला नहान्ने र जबरजस्ती रङ अबिर नदल्ने लगायतका कुरामा सर्वसाधारणको ध्यानाकर्षण गराउन माइकिङ समेत गरिने कार्यालयले जनाएको छ ।
होलीको दिन सुरक्षा व्यवस्थापनका लागि करिव पाँच हजार सुरक्षाकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











