Kathmandu Press

होलीको अवसरमा कुश्माको द क्लिफमा ‘फुलमुन बन्जी’ हुने

काठमाडौं, चैत १३ : कुश्मा स्थित द क्लिफ प्रालिले सञ्चालन गरेको बन्जीमा चैत्र १५ गते फागुपूर्णिमाको रात ‘फुलमुन बन्जी’ हुने भएको छ । यो...
होलीको अवसरमा कुश्माको द क्लिफमा ‘फुलमुन बन्जी’ हुने

काठमाडौं, चैत १३ : कुश्मा स्थित द क्लिफ प्रालिले सञ्चालन गरेको बन्जीमा चैत्र १५ गते फागुपूर्णिमाको रात ‘फुलमुन बन्जी’ हुने भएको छ । यो क्लिफमा आयोजना गरिएको पहिलो रात्री बन्जी हो। 

साहसिक खेल बन्जीका पारखीहरुलाई केहि फरक मनोरञ्जन दिने हेतुले रातमा फुलमुन बन्जी गराउन लागेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । 

‘फुलमुन बन्जी’ मा रमाउनेहरुका लागि प्रतिव्यक्ति बन्जी र डिलक्स रुमको प्याकेजका लागि ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ, भने बन्जी र स्ट्यान्डर्ड रुमसहितको प्याकेजका लागि ८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । प्याकेजमा ‘ब्रेक फाष्ट’ र ‘डिनर’ समेत समावेश गरिएको छ ।

यसका अतिरिक्त ‘फुलमुन बन्जी’मा भिडियोका लागि १५ सय शुल्क तिर्नुपर्नेछ, जसमा आकर्षक टिसर्टको समेत व्यवस्था मिलाईने प्रालिले जनाएको छ । 

क्लिफले बढीमा ३० जनालाई ‘फुलमुन बन्जी’ गराउने बताउँदै प्रिबुकिङ समेत सुरु भइसकेको जानकारी दिएको छ । 

गत कात्तिकदेखि विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै पहिलो स्विङ सञ्चालन ल्याएको द क्लिफले पर्यटकका लागि स्तरीय रिसोर्टको समेत व्यवस्था गरेको छ । यसका साथै स्विङ र ‘गुलेली शैलीको पिङ’ले पर्यटकलाई आकर्षित गरेको छ ।

प्रकाशित मिति: ११:२९ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्