Kathmandu Press

कतार भिसा सेन्टरको नाममा कामदारलाई थप १४ हजार भार

काठमाडौं जेठ २२ : श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेशिया रोजगारको टुङ्गो नलाग्दै कतार भिसा सेन्टरलाई अनुमति दिएको छ।

मन्त्रालयले कतार ....

कतार भिसा सेन्टरको नाममा कामदारलाई थप १४ हजार भार

काठमाडौं जेठ २२ : श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेशिया रोजगारको टुङ्गो नलाग्दै कतार भिसा सेन्टरलाई अनुमति दिएको छ।

मन्त्रालयले कतार भिसा सेन्टर खोल्ने अनुमति दिएसँगै रोजगारको लागि कतार जाने नेपाली कामदारलाई १४ हजार आर्थिक भार थपिने भएको छ। कामदारले स्वास्थ्य परीक्षण, फिङ्गर प्रिन्ट, प्रवेश आज्ञा अन्तीम श्रम स्विकृतिलगायतको प्रक्रियाबाट १४ हजार आर्थिक भार थपिने भएको हो। मलेसिया भिसा सेन्टरको विरोध गर्दै बन्द गराएका श्रम तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कतारको सिन्डकेट व्युँताएका हुन्।

श्रम, तथा सामाजिक सुरक्षा मन्त्रालयले गत बुधबारबाट कतार भिसा सेन्टर सञ्चालनमा ल्याएको हो। मलेशिया जाने कामदारमाथि अनावश्यक भार थपेको भन्दै श्रममन्त्री बिष्टले २०७५ जेठ २ मा रोजगारी बन्द गरेका थिए।

तर सोही प्रकृतिको सिन्डकेट कतारमा लागू गरिएको हो। मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक  प्रणालीलाई स्वीकृति दिदाँ १७ हजारभन्दा बढी भार थपिएको मन्त्री विष्टको भनाइ थियो।

कामदारको सहजताका नाममा कतार भिसा सेन्टर खडा गरी सरकारले नै कामदारमाथि सिन्डिकेट ब्युँताउने र आर्थिक भार लाद्ने प्रयास गरेको व्यवसायीकहरुको आरोप छ।

‘मलेशियाको रोजगारकै लागि हामीले आन्दोेलन गर्नुपरेको छ, तर श्रम मन्त्रालयले कतारमा सोही सिन्डकेट लगाएको छ,’ वैदेशिक रोजागार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने।

मन्त्रालयले व्यक्तिको इगोको कारण मलेशिया रोकेको र आफैले कतारलाई मान्यता दिएर मलेशियालाई वेवास्ता गरेको आरोप गुरुङले लगाएका छन्।

श्रममन्त्री बिष्टले मलेशिया जाने कामदारको स्वाथ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरी आर्थिक शोषण गरेको भन्दै पाँच भेन्डर कम्पनी बायोमेट्रिक, भिएलए, माइग्राम, वान स्टप सेन्टर र जीएसजीलाई खारेजीको घोषण गरी कारवाही गरेका थिए । तर सोही प्रकृतिको संस्था सुरू गर्न अनुमति दिनुले मन्त्री विष्टको नियत उदांगो भएको अध्यक्ष गुरुङले भनाइ छ।

श्रम मन्त्रालयले भने कतारी भिसा पक्रियाको अनुमति नदिएको बताएको छ। परराष्ट्रमन्त्रालयले श्रम मन्त्रालयसँगको सहकार्यबिना कतार भिसा सेन्टर सुरू गरिएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीको भनाइ छ।

‘कतार भिसाको विषयमा केहि थाहा छैन, परराष्ट्रले कसरी अनुमति दियो त्यो उसैलाई थाहा होला, हामी सँगै कुनै जानकारी छैन,’ रेग्मीले काठमाडौंप्रेस सँग भने।

 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, जेठ २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्