श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
काठमाडौं, चैत्र १३ : श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर...
काठमाडौं, चैत्र १३ : श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:५१ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











