कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं, चैत १२ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।कांग्रेसले २० गते शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा...
काठमाडौं, चैत १२ :प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
कांग्रेसले २० गते शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो। समसामयिक विषयमा छलफलका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
मुख्य सचिव पौडेल बिहीबार विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको जनाएका छन्। 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ चैत्र २० गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ, विज्ञप्तिमा भनिएको छ, 'बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।'
एमाले र माओवादी अलग भएपछि सत्ता साझेदारीबारे छलफल चलिरहेको छ। कांग्रेस, माओवादी र जसपाबीच सत्ता साझेदारीका विषयमा पटकपटक छलफल भएपछि सहमित बन्न सकेको छैन।
माओवादी र जसपाले कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन्। यसमा कांग्रेसले कुनै निर्णय गरेको छैन। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै यसका थप छलफल गर्न सकिने जनाएको छ।











