Kathmandu Press

घरबाटै हराएकी महिलाको भारतमा भेटियो शव

कञ्चनपुर, चैत १२ : कञ्चनपुरको बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा शव भेटिएको छ।उनी ६ दिन अघि घरबाट हराएकी...
घरबाटै हराएकी महिलाको भारतमा भेटियो शव

कञ्चनपुर, चैत १२ : कञ्चनपुरको बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा शव भेटिएको छ।

उनी ६ दिन अघि घरबाट हराएकी थिइन्। बिहीबार भारतबाट उनको शव ल्याइएको छ।

यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको उनका पति मोली रानाले बताए।

घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी यही चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको रानाले बताए।

भारतीय प्रहरीले रानाको हत्याको आशङ्कामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए।

उनको परिवारले बिहीबार शव बुझेर ल्याएका छन्। मृतकका बुबा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरेका छन्।

प्रकाशित मिति: १९:४९ बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्