Kathmandu Press

लुभूका विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीका प्रतिनिधिको प्रशिक्षण

ललितपुर, जेठ २२ : माइक्रसोफ्टले कम्प्युटर विज्ञानको क्षेत्रमा सहभागिता बढाउन आज ‘विश्वव्यापी पहल (आवर अफ कोड)’ कार्यक्रम आयोजना गरेको छ।

लुभूका विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीका प्रतिनिधिको प्रशिक्षण

ललितपुर, जेठ २२ : माइक्रसोफ्टले कम्प्युटर विज्ञानको क्षेत्रमा सहभागिता बढाउन आज ‘विश्वव्यापी पहल (आवर अफ कोड)’ कार्यक्रम आयोजना गरेको छ।

त्यसै सन्दर्भमा ललितपुरको लुभूस्थित ब्लूम नेपाल विद्यालयमा विद्यार्थी र शिक्षकसँग छलफल गरेको छ। विद्यार्थी र शिक्षकको कम्प्युटर विज्ञानबारे बुझाइ अभिवृद्धि गर्न कार्यक्रम गरिएको नेपालमा माईक्रोसफ्टको आधिकारिक शैक्षिक साझेदार संस्था सोचवेयरले जनाएको छ।

एक घण्टाको कोडिङ सत्रमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सहभागी थिए। उनीहरूलाई माईक्रोसफ्टकी साउथइस्ट एसिया न्यू मार्केट्स जनरल म्यानेजर सूक हून चेअहले जानकारी दिएकी थिइन्।

कार्यक्रममा बोल्दै सूक हूनले भनिन्, ‘तपाईहरूमध्ये हरेक जनामा आफ्नो लक्ष्य पूरा गर्नसक्ने क्षमता छ। यसका लागि आफ्नो जीवनका सकारात्मकपक्षलाई हेर्न र मेहनत गर्नुपर्छ।’ अहिले हासिल गरेको सीप भविष्यमा सहयोग गर्ने उनको भनाइ थियो।

‘आवर अफ कोड’ अभियानमा एक सय ८० देशका १० करोड युवा सहभागी भएका छन्। यो अभियानले युवामा ‘एसटिईएम’ विषयहरू साईन्स (विज्ञान), टेक्नोलोजी (प्रविधि), ईञ्जिनियरिङ र म्याथम्याटिक्स् (गणित) को रुची बढाउने जनाएको छ।

त्यस्तै, सूक हूनले स्वतन्त्र सफ्टवेयर भेन्डरका रुपमा सक्रिय माईक्रोसफ्टका नेपाली साझेदार कम्पनीका प्रतिनिधिहरूसँग लाजिम्पाटस्थित र्‍याडिसन होटलमा भेट गरेकी छन्।

छलफलमा ई–जोन इन्टरनेसलनका दामोदर अधिकारी, एस्ट्रोइड भेन्चरका विनय आचार्य, अजिल सोलुसनका सूर्य आचार्य र सविन घिमिरे, अनलिमिटेड टेक्नोलोजीकी जुनू थापा र ब्रेनोभेसन टेक्नोलोजीका निश्चल प्रधान र आलोक पाण्डे सहभागी थिए।

नेपालमा व्यवसायीक अवसरहरु तथा ति कम्पनीहरू र माईक्रोसफ्टबीचको सम्बन्ध सुदृढ गर्नेलगायतका विषयमा छलफल गरिएको छ।

 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्