कोरोनाकाे जाेखिम कम गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयका ८ सुझाव
काठमाडौं, चैत १२ : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक तयारी गर्न स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई...
काठमाडौं, चैत १२ : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक तयारी गर्न स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई आठ वटा सुझाव दिएको छ।
भारतमा कोरोनाको संक्रमण बढ्दै गएको छ। भारतमा दोस्रो लहर चलेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ।
यहि जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले आवश्यक तयारीका लागि आठ बुँदे सुझाव दिएको हो। जसमा विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्नुपर्ने जनाएको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउनुपर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्नुपर्ने जनाएको छ।
यसैगरी संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्नेलगायत सुझाव दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्ता छन् आठ सुझावः













-(86)-1764936079.jpg)