Kathmandu Press

चार सन्तानसहित कर्णालीमा हाम फाल्ने सुकीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा

सुर्खेत, चैत १२ : कर्णाली नदीमा हाम फालेकी आठबिसकोट नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका पति मानसिंह बडुवालविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको...
चार सन्तानसहित कर्णालीमा हाम फाल्ने सुकीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा

सुर्खेत, चैत १२ : कर्णाली नदीमा हाम फालेकी आठबिसकोट नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका पति मानसिंह बडुवालविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको छ।

सुकी फागुन २३ गते छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षीया रजनी र छोरा ९ वर्षीय ललितसहित कर्णाली नदीमा हाम फालेकी थिइन्।

मानसिंहलाई कारबाहीको माग गर्दै सुकीका भाइ बजिरबहादुर थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत ४ गते आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए।

पक्राउ परिसकेका मानसिंहलाई प्रहरीले दैलेख अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको छ।

छोरीहरू कल्पना र सरिताको शव हामफलेको भोलिपल्ट साँझ भेटिएको थियो भने पर्सिपल्ट सुकी र छोरा ललितको शव भेटिएको थियो। रजनीको शव भने करिब ९ किलोमिटर तल असालाघाटमा भेटिएको थियो।
 

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्