Kathmandu Press

डढेलो निभाउन गएका वृद्धको मृत्यु

गोरखा, चैत १२ : आरुघाट गाउँपालिका-७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ।सामुदायिक वनको सल्लाघारी जङ्गलमा...
डढेलो निभाउन गएका वृद्धको मृत्यु

गोरखा, चैत १२ : आरुघाट गाउँपालिका-७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ।

सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युत्को फ्युज बक्समा आगलागी भएर आगो लागेपछि अन्य राति स्थानीयवासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताए। अन्दाजी १३-१४ वर्षका अन्य चार÷पाँच जना स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन गएका थिए।

घटनाको जानकारी पाएलगत्तै  इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उनले जानकारी दिए। 

प्रकाशित मिति: १७:५४ बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्