Kathmandu Press

थपिए १२० संक्रमित, जाेखिम बढेकाले सतर्क रहन आग्रह  

काठमाडौं, चैत १२ : बिहीबार देशभर १ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतमा...
थपिए १२० संक्रमित, जाेखिम बढेकाले सतर्क रहन आग्रह  

काठमाडौं, चैत १२ : बिहीबार देशभर १ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण ग रिएको थियाे।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढे पनि नेपालमा भने संक्रमण ह्वात्तै बढेको देखिँदैन। तर संक्रमण बढ्ने सम्भावना देखिएको हुँदा सबैले आवश्यक सतर्कता अपनाउन उनले सुझाए। 

डा. गौतम भन्छन्, ‘अहिले नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको देखिँदैन। तर बढ्ने सम्भावना छ। सबैले आवश्यक सतर्कता अपनाउनुपर्छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘एक वर्षअगाडि यो समयमा नेपालमा कोरोना संक्रमित जम्मा दुईजना थिए। तर पछि २ लाखभन्दा बढी भए। त्यसैलाई मध्यनजर गरेर सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ।’

यस्तै अहिले देशभर करिब ११ सय जना कोरोनाका सक्रिय संक्रमित रहेको डा. गौतमले जानकारी दिए।

 

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्