उत्तर कोरियाद्वारा जापानी समुद्रमा दुई क्षेप्यास्त्र प्रहार

काठमाडौं, चैत १२ : उत्तर कोरियाले जापानको समुद्रमा बिहीबार दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापानी अधिकारीले स्थानीय समयअनुसार ७ बजे दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको जानकारी दिए।
पानीजहाज वा हवाईजहाजमा कुनै क्षति नभएको जापानी अधिकारीले बताएका छन्। जापान र दक्षिण कोरिया दुवैले यो परीक्षण (प्रहार) को निन्दा गरेको छ।
उत्तर कोरियाको राजधानी पियोङयाङलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ।
प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











