Kathmandu Press

वातावरण दिवसमा हरित पार्कको शिलान्यास

भक्तपुर, जेठ २२ : ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानीमन्त्री बिना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षरोपण तथा हरित पा....

वातावरण दिवसमा हरित पार्कको शिलान्यास

भक्तपुर, जेठ २२ : ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानीमन्त्री बिना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षरोपण तथा हरित पार्कको शिलान्यास गरेकी छन्।

हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपण एवं पार्क शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्यूनिकरणमा घर टोल, छिमेक र सिंगो समाजको महत्वपूर्ण भूमिका हुने बताइन्। उनले फोहोरको व्यवस्थापन घरबाट नै सुरु गर्नुपर्नेमा जोड दिइन्।

प्रतिनिधि सभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले वातावरण सफा गरे झैं सबैले मन सफा गर्नुपर्ने बताए।

कार्यक्रममा हनुमन्ते खोला लगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पु¥याएका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलाई सम्मान गरिएको छ।

 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्