Kathmandu Press

चितवन मेडिकल कलेजमा कलेजोको सफल प्रत्यारोपण

भरतपुर, चैत १२ : चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ। कलेजले बिहीबार बिहान भरतपुरमा...
चितवन मेडिकल कलेजमा कलेजोको सफल प्रत्यारोपण

भरतपुर, चैत १२ : चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ। कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो। 
 
कलेजका अनुसार लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिएकी हुन् । गत आइतबार करिब १२ घन्टाको अन्तरालमा कलेजो प्रत्यारोपण गरिएको हो। काठमाडौं उपत्यकाबाहिर कलेजोको सफल प्रत्यारोपण यो पहिलो हो।

प्रत्यारोपणमा कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा. सुरेश गौतम, डा. बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रुति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजालगायतको टोली खटिएको थियो।


लामाको कलेजो काम नलाग्ने गरी बिग्रिएकाले प्रत्यारोपणको निर्णय गरिएको थियो। बिरामीको छोरी उषाको शरीरमा असर नपर्नेगरी आवश्यक कलेजोको मात्रा मात्र निकालेर प्रत्यारोपण गरिएको बताइएको छ। अहिले कलेजो लिनेदिने आमा र छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले जनाएको छ । 

धनकुमारी नेपालमा कलेजो प्रत्योपाण गर्ने आठौं बिरामी हुन् । यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पाँच र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दुई जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ।

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्