Kathmandu Press

अमेरिकामा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो 

अमेरिकामा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो 

काठमाडौं, चैत १२ : अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ । बुधवारसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको हो। 

गत हप्ताको तुलनामा ५० मध्ये ३० राज्यमा संक्रमितको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य विशेषज्ञहरूको सल्लाहविपरीत, अमेरिकाका धेरै राज्यले मास्क प्रयोग गर्ने जनादेश हटाएसंगै संक्रामितको संख्या देशभरि वृद्धि भएको हो। 

एजेन्सी रिपोर्टका अनुसार अमेरिकाले उमेर सीमा घटाएर खोप प्रक्रियालाई तीव्र बनाएको छ । स्वास्थ्य अधिकारीले जनवरीपछि साप्ताहिक रुपमा नयाँ संक्रमित बढेसँगै खोप लगाउने काममा वृद्धि गरिरहेको बताएका छन्। 

अमेरिकामा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ करोड ७ लाख ४ हजार २ सय ९२ पुगेको छ भने निको हुनेको कुल संख्या २ करोड ३१ लाख ३२ हजार ८ सय ७९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण त्यहाँ मृत्यु हुनेको कुल संख्या ५ लाख ५८ हजार ४ सय २२ पुगेको छ। 

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्