Kathmandu Press

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

सिन्धुली, चैत १२ : सिन्धुलीको दुधौलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन्।मृत्यु हुनेमा दुधौली नगरपालिका-१३ ठाकुरदमारका २५ वर्षीय...
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

सिन्धुली, चैत १२ : सिन्धुलीको दुधौलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन्।

मृत्यु हुनेमा दुधौली नगरपालिका-१३ ठाकुरदमारका २५ वर्षीय इन्द्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। घाइते दुई जना सोही ट्याक्टरमा सवार दाङ सुनढ्याब्री गाउँपालिका घर भएका भगतराम चौधरी र रामु चौधरी हुन्। 

प्रदेश २-०३-००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । मृत्यु हुने खड्का ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ । ट्याक्टर एकाएक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्