Kathmandu Press

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन महानगरको निर्देशन

काठमाडौं, चैत १२ : काठमाडौंं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । महानगरको राजस्व विभागले अनुगमनका क्रममा...
कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन महानगरको निर्देशन

काठमाडौं, चैत १२ : काठमाडौंं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । महानगरको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई साता दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई सात दिनको समय दिएर विभाग बोलाइएको हो।

अहिले विभागले नयाँ सडक, लाजिम्पाट, पानीपोखरी महाराजगञ्जसम्म मूल सडक किनारामा रहेका पसलहरुको प्रतिनिधिमूलकरूपमा अनुगमन गरिरहेको विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए ।

व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाताको सङ्ख्या कम रहेको पनि अनुगमनका क्रममा देखिएको छ । विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् । प्रतिनिधिमूलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गरिने विभागका प्रमुख डा अधिकारीले जानकारी दिए ।

जागरणमूलक र शिक्षामूलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिने र कानूनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने महानगरको अबको योजना छ । करदाताको सहजताका लागि कामपाले गत असोज १ गतेदेखि १० वडाबाट र १३ गतेदेखि ३२ वटै वडाबाट अनलाइन राजस्व निर्धारण तथा संकलन गर्न थालेको छ ।

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्