Kathmandu Press

टोखामा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना

काठमाडौं, चैत १२ : टोखा नगरपालिका–९ गोंगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको...
टोखामा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना

काठमाडौं, चैत १२ : टोखा नगरपालिका–९ गोंगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको बुधबारदेखि सञ्चलनमा आएको हो ।

नगर प्रमुख प्रकाश अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए । नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उनले बताए ।

नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीतिअनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । टोखाले आगामी दिनमा सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना बनाएको छ।

टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोंगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने छन्। आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिनेछ ।

प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्