Kathmandu Press

कति संवेदनशील छ मानिसको औंठाछाप ?

छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो । यसले हामीलाई टाउकोदेखि पैतालासम्म ढाकेको छ । हामीलाई छुन, महसुस गर्न र बाहिरी दुनियासँग अन्तर्क्रिया...
कति संवेदनशील छ मानिसको औंठाछाप ?

छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो । यसले हामीलाई टाउकोदेखि पैतालासम्म ढाकेको छ । हामीलाई छुन, महसुस गर्न र बाहिरी दुनियासँग अन्तर्क्रिया गर्न छालाले मद्दत गर्छ । तर, यो अंगको अर्को एक भाग छ, जो अन्य अंगभन्दा स्पर्शको संवेदनशीलतामा भिन्न छ । नयाँ अध्ययनले हाम्रो औंलाको ‘सेन्सरी’ कोशिकाहरू कति संवेदनशील छ भन्ने पत्ता लगाएको छ । अध्ययनअनुसार औंलाको टुप्पोले सानोभन्दा सानो स्पर्श पनि सहजै पत्ता लगाउँछ ।

स्विडेनको उमियो विश्वविद्यालयका प्राध्यापक इवा जारोकाका अनुसार ‘रिसेप्र्टस’सँग जोडिएका सेन्सरी कोशिकाको विन्दु छालाको सतहमुनि हुन्छन्, जसले हामीलाई स्पर्श, कम्पन, दबाब, दुखाइलगायत पत्ता लगाउन सहयोग गर्छ । हाम्रो हातमा मात्र लाखौँ यस्ता कोशिका हुन्छन् । छालाको प्रत्येक सानो सतह क्षेत्रमा रिसेप्टर्स हुन्छन्, जसलाई रिसेप्टिभ फिल्ड भनिन्छ ।

यी क्षेत्रहरू पत्ता लगाउन अनुसन्धानकर्ताले १२ स्वस्थ व्यक्तिको पाखुरा तल झारे र उनीहरूका औंलाको नङमा प्लास्टिक होल्डर टाँसिदिए, हल्लिन नसक्ने गरी । एक मेसिनद्वारा सानो ०.४ मिलिमिटर चौडाइ र सात मिलिमिटर मोटाइ भएको सियो छालाभित्र पसाइयो र अनुसन्धानकर्मीले सहभागीहरूको पाखुरामा ‘इलेक्ट्रोड’ प्रयोग गरेर प्रत्येक कोशिकाको प्रतिक्रिया रेकर्ड गरे ।

Hardik ivf

खासगरी, ‘रिसेप्टिभ फिल्ड’भित्र टोलीले अधिक संवेदनशील क्षेत्रहरू पत्ता लगाइरहेका थिए, जसलाई सब–फिल्ड भनेर चिनिन्छ । ‘सेन्सरी’ कोशिका गणना गरेर र त्यसलाई औंठा छापसँग मिलाएर हेर्दा टोलीले औंठाछाप कोशिकाको ‘डिटेक्सन एरिया’ औंठाछापको क्षेत्रबराबर रहेको पत्ता लगायो ।

जब मेसिनले प्वालमा गति छिटो र सुस्त गरे वा दिशा परिवर्तन गरे, तब यी सब–फिल्डहरू पनि हलचल भएनन्, जसले यी संवेदनशील क्षेत्रहरू औंठाछाप क्षेत्रमा आफैं जोडिएको पाइयो ।

‘स्पेसल पिरियडका लागि दुवै प्रकारका कोशिकाको सब–फिल्ड संवेदनशीलता औसतमा ०.४ मिलिमिटर हुने हामीले पत्ता लगाएका छौँ र यसले सब–फिल्डको ‘स्पेसल सेलेक्टिभिटी’ उत्पन्न हुन्छ भन्ने प्रमाण प्राप्त हुन्छ किनकि यससँग सम्बन्धित रिसेप्टर अंगहरूले मेकानिकल घटनालाई एकल ‘प्यापलरी रिज’मा सीमित गर्छन्,’ अनुसन्धानकर्ताले आफ्नो रिपोर्टमा लेखेका छन् ।

औंठाछापको संवेदनशीलतामाथि भएको यो पहिलो अध्ययन रहेको दाबी टोलीको छ । अनुसन्धानकर्मीको उद्देश्य औंठाछापले कसरी हाम्रो वरिपरिको संसारसँग सम्बन्ध राख्छ भन्ने पत्ता लगाउनु थियो ।

‘हामीसँग ती सबै हटस्पट छन् र प्रत्येकले ०.४ मिलिमिटर दूरीको विवरणमा प्रतिक्रिया जनाउँछन्, जुन औंठाछाप ‘रिज’को अनुमानित चौडाइ हो,’ प्राध्यापक जारोकाले न्यू साइन्टिस्टलाई भनिन्, ‘त्यसपछि हाम्रो मस्तिष्कले ती सबै जानकारी प्राप्त गर्छ । हामी यति धेरै निपुण छौँ र हाम्रा औंलाहरूमा उच्च संवेदनशीलता छ भन्ने हाम्रो अध्ययनले प्रष्ट पारेको छ ।’

साइन्सअलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०६:४७ बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्