बालुवाटारको जग्गामा निर्माण भएका टहरा भत्काउन निर्देशन

काठमाडौं, चैत ११ : बालुवाटारस्थित ललिता निवास क्षेत्रभित्र निर्माण भएका टहरा भत्काउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको छ।
बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी ललित निवासभित्र निर्माण भएका टहरा भत्काउन निर्देशन दिएको हो। 'वालुवाटारिस्थित ललिता निवास क्याम्प भित्रका केही जग्गाहरुमा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्न विवरणका जग्गाहरुमा नक्सा पास सम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानून विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
ललिता निवासको जग्गा बेचविखनसम्बन्धी मुद्दा विचाराधिन छ। मुद्दा जारी रहेको अवस्थामा सो क्षेत्रभित्र टहरा निर्माण भइरहेको छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शिवमाया तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले निर्माण कार्य राेक्न निर्देशन दिएकी हुन्।
अहिले निर्माण कार्य रोक्न र निर्माण भएका टहरा भत्काउन मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो। यसका लागि समन्वय गर्न गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई पनि अनुरोध गरेको छ।











