Kathmandu Press

पठाओ सेवा पुनः सञ्चालनमा

काठमाडौं, चैत ११ : प्राविधिक कारणले केही समय बन्द भएको पठाओ सेवा पुनः सञ्चालनमा आएको छ। पठाओ नेपाल प्रालीले मंगलवार प्रेस विज्ञप्ति निकालेर...
पठाओ सेवा पुनः सञ्चालनमा

काठमाडौं, चैत ११ : प्राविधिक कारणले केही समय बन्द भएको पठाओ सेवा पुनः सञ्चालनमा आएको छ। पठाओ नेपाल प्रालीले मंगलवार प्रेस विज्ञप्ति निकालेर पठाओ सेवा बन्द रहने भन्दै आफ्ना चालकहरुलाई  प्रोटेक्टिभ गेयर (पाठाओ लेखिएको ज्याकेट र ट्राउजर)  प्रयोग नगर्न अनुरोध गरेको थियो।

पठाओको सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ। मंगलबार दिउँसोदेखि बन्द भएको सेवा बुधबार पुनः सञ्चालनमा आएको हो । पठाओ सेवाअन्तर्गत मोटरसाइकल, स्कुटर, ट्याक्सी र फुड डेलिभरी सञ्चालनमा छन्। 

सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपाल प्रालीले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो।

सन् २०२० सेप्टेम्बरयता पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा पनि दिँदै आएको छ। केही समय पठाओ बन्द हुँदा त्यसबारे सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणहिरू भएका थिए।

सामाजिक सञ्जालमा पठाओको प्रयोगले आवतजावतमा सहज भएको र सुपथ मूल्यमा सेवा उपभोग गर्न प्रयोगकर्ताले सुझाव दिएका थिए।

पठाओले यात्रु बोक्ने गरेपछि ट्याक्सी चालकहरूले विरोध जनाउँदै आएका छन्। सोमबार बेलुका नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट पनि गरेका थिए। 

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्