Kathmandu Press

थप १४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ११ : मुलुकमा पछिल्लो २४ घन्टामा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार दिएकाे जानकारी...
थप १४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ११ : मुलुकमा पछिल्लो २४ घन्टामा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार दिएकाे जानकारी अनुसार ३ हजार ९ सय ६३ नमुना परीक्षण गरिएकोमा ३.६६ प्रतिशतमा संक्रमण देखिएको हो।

मुलुकमा हालसम्म २२ लाख ४८ हजार ९९३ वटा नमुना परीक्षण भइसकेकाेमा २ लाख ७६ हजार ३ सय ८९ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार ४ हजार ३२ जनामा गरिएको परीक्षणमा १ सय ८८ जनामा संक्रमण देखिएको थियो। बुधबार पुष्टि भएका संक्रमितमध्ये ५३ जना काठमाडौंका छन्।

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्