अझै खुलेन ताक्लाकोटको नेपाली बजार
बझाङ, चैत ११ : विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बन्द भएको ताक्लाकोटस्थित नेपाली जबार अझै खुल्न सकेको छैन । गत वर्ष...
बझाङ, चैत ११ : विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बन्द भएको ताक्लाकोटस्थित नेपाली जबार अझै खुल्न सकेको छैन । गत वर्ष कोरोना संक्रमण बढेसँगै चीनमा सरकारले लकडाउन घोषणा गरेसँगै ताकलाकोटको नेपाली बजार बन्द भएको थियो।
ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको बझाङका तामाङ बताउँछन् । नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएकाले ठूलो घाटा भएको उनले बताए ।
पसल सञ्चालन गर्न चीनले नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न दिएएकाले आफूहरु मर्कामा परेको उनी बताउँछन्। संघीय सरकारले नाका सञ्चालनका लागि कूटनीतिक पहल नगर्दा आफूहरु मर्कामा परेको व्यवसायीहरु बताउँछन् र
‘चीनले अन्य मुलुकसँग व्यापार अघि बढाइरहेको छ, तर नेपाली नाकालाई अझै पनि खुल्न दिएको छैन,’ तामाङले भने, ‘ताक्लाकोटमा पनि चीनतर्फका बजार खुलेका छन् । नेपालतर्फको बजार मात्र बन्द छ । चिनियाँलाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निषेध गरिएको छ।’
कोभिडकै सङ्क्रमण हुने डर हो भने अन्य मुलुकसँग व्यापार गर्दा सङ्क्रमण नहुने र नेपालसँग गर्दा सङ्क्रमण हुन्छ भन्ने हुँदैन । व्यापारिक नाका सञ्चालनका लागि नेपाल सरकारले यथाशीघ्र पहल गर्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।
ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैंचा, बाँस, निगालो, छाला, र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । यस्तै मह, घिउ, छुप्र्री, खुर्सानीलगायत दैनिक उपभोग्य सामान पनि चौंरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको छ ।











