संयमित र नियन्त्रित भई होली खेल्न आग्रह
पर्सा, चैत ११ : होली नजिकिँदै गर्दा कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले सबैलाई आफ्नो घरपरिवारमा मात्र सीमित रही संयमित र...
पर्सा, चैत ११ : होली नजिकिँदै गर्दा कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले सबैलाई आफ्नो घरपरिवारमा मात्र सीमित रही संयमित र नियन्त्रित भई होली खेल्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पार्साका प्रवक्त एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रेस विज्ञप्ति नै जारी गरेर नै होलीमा भिडभाड बढ्ने भएकाले कोरोना नियन्त्रणका लागि भिडभाडजन्य कार्य नगर्न, सामाजिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गरेका हुन् ।
होलीका नाममा कुनै पनि सार्वजनिक कार्यक्रमको आयोजना नगर्न, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, ट्राफिक नियमको उल्लंघन नगर्ने, सडकमा हिँडिरहेका व्यक्तिमा इच्छाविपरीत रङ, मोबिल पेन्ट नदल्नेलगायत ११ बुँदामा ध्यान दिन पनि आग्रह गरिएको छ ।
कानुनविपरीत कुनै पनि कार्य गरेको खण्डमा कारबाही गरिने पनि बताइएको छ।











