Kathmandu Press

हसिनालाई मार्ने प्रयास गर्ने १४ आतंकवादीलाई मृत्युदण्डकाे फैसला

ढाका, चैत ११ : बंगलादेशको एक अदालतले सन् २००० मा त्यहाँका प्रधानमन्त्री शेख हसिनालाई आफ्नो निर्वाचन क्षेत्रमा मार्ने प्रयास गरेको आरोपमा १४ इस्लामिक...
हसिनालाई मार्ने प्रयास गर्ने १४ आतंकवादीलाई मृत्युदण्डकाे फैसला

ढाका, चैत ११ : बंगलादेशको एक अदालतले सन् २००० मा त्यहाँका प्रधानमन्त्री शेख हसिनालाई आफ्नो निर्वाचन क्षेत्रमा मार्ने प्रयास गरेको आरोपमा १४ इस्लामिक लडाकुलाई मृत्युदण्डको सजाय सुनाएको छ।

बंगलादेशको अदालतले मंगलबार १४ इस्लामिक लडाकुविरुद्ध मृत्युदण्डको सजाय सुनाएको हो। ‘एक सेनाको टोलीद्वारा एक उदाहरण स्थापित गर्न यो फैसला कार्यान्वयन गरिनेछ,’  न्यायाधीश अबु जफर मोहमद कामरुजामानले फैसला सुनाउने क्रममा भनेका थिए।

फैसलामा १४ आरोपितमध्ये नौ जनालाई गोली हानी मार्न र बाँकीलाई फाँसी दिन भनिएको छ।हर्कतुल जिहाद बंगलादेश (हुजी-बी) का कार्यकर्ताहरूले २००० जुलाई २१ मा दक्षिणपश्चिमी गोपालगंजको कोटालीपारा क्षेत्रको मैदाननजिकै ७६ किलोग्राम बम राखेका थिए, जहाँ हसिनाले चुनावी सभालाई सम्बोधन गर्दै थिइन् । सबै अपराधीहरु हुजी-बीका कार्यकर्ता हुन् ।
 

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्