Kathmandu Press

भिटोफको उम्मेदवार छान्न कांग्रेस निकट पर्यटन संघले बनायो समिति

काठमाडौं, चैत १० : गाउँ पर्यटन पवद्धन मञ्च (भिटोफ) नेपालको नेतृत्व छनोटका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ...
भिटोफको उम्मेदवार छान्न कांग्रेस निकट पर्यटन संघले बनायो समिति
अध्यक्षकी आकाक्षी जस्फा पाण्डे

काठमाडौं, चैत १० : गाउँ पर्यटन पवद्धन मञ्च (भिटोफ) नेपालको नेतृत्व छनोटका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) ले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। 

मंगलबार बसेको निटको बैठकले केन्द्रिय सहअध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा गठित ५ सदस्यीय वार्ता तथा सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो। 

निटका अध्यक्ष दीपक महतको अध्यक्षतामा बसेको सचिवालय बैठकले बलराम न्यौपाने (दुर्गानाथ), राजेन्द्र सुवेदी, रमेश लम्साल र बिमल नहर्की सदस्य सहेको समिति गठन गरेको हो। 

भिटोफ नेपालको २४ औँ बार्षिक साधारणसभा सहितको निर्वाचन चैत्र २० गते हुँदैछ । काङ्ग्रेस समर्थित व्यावसायिकका तर्फबाट अध्यक्षको आकांक्षीका रुपमा पूर्व सहकोषाध्यक्ष कृष्णबहादुर सुबेदी र वर्तमान महासचिव जस्फा पाण्डेले दावेदारी प्रस्तुत गरेका छन्।पर्यटन व्यवशायीहरु माझ लोकप्रिय भएकाले पाण्डेलाई अध्यक्षको उम्मेदबार बनाउने तयारी गरिएको छ । पाण्डे लामो समयदेखि ग्रामिण पर्यटनको प्रवद्र्धन र विकासमा क्रियाशिल छन्। 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्