Kathmandu Press

दुई किशोरीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

बुटवल, चैत ११ : १४ र १५ वर्षीया दुई किशोरीलाई अपहरण गरेर शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा रुकुम पूर्वका २३ वर्षका एक...
दुई किशोरीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

बुटवल, चैत ११ : १४ र १५ वर्षीया दुई किशोरीलाई अपहरण गरेर शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा रुकुम पूर्वका २३ वर्षका एक युवक र १४ वर्षका एक किशोर पक्राउ परेका छन्। 

ती दुई किशोरी चैत १ गतेदेखि बेपत्ता थिए । नौ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार प्रहरीमा उजुरी परेको थियो । त्यसलगत्तै खोजलतास गर्दा उनीहरु रुकुमकाेटबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

२३ वर्षीय युवकको कोठामा बन्धक बनाएर राखिएको अवस्थामा दुई किशोरी फेला परेका थिए । अनुसन्धानका क्रममा घरबाट हराएकै दिन ती किशोरीहरू अपहरणमा परेको र बन्धक बनाएकै दिनबाट उनीहरूमाथि करणी हुँदै आएको खुल्न आएकाे रुकुम पूर्व प्रहरीले जनाएको छ।

पक्राउ परेका दुईजनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जनाइएको छ। किशोरीहरूलाई प्रहरीको संरक्षणमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूको स्वास्थ्य सामान्य सामान्य रहेको छ । उनीहलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ।

प्रकाशित मिति: ११:२९ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्