छुट्टाछुट्टै घटनामा बागलुङमा दुई बालकको मृत्यु
बागलुङ, चैत ११ : बागलुङमा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–८ मा मंगलबार बेलुकी चट्याङ लागेर अमरबहादुर सुनारका नौ...
बागलुङ, चैत ११ : बागलुङमा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–८ मा मंगलबार बेलुकी चट्याङ लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको छ भने मंगलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
काठमाडौँबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका गलकोट नगरपालिका–६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरीले जनाएको छ।
मंगलबारै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् । उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।
प्रकाशित मिति: ११:०४ बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











