Kathmandu Press

लोक सेवाका पदाधिकारीको पदावधि सकियो, कामकाज पनि ठप्प

काठमाडौं, चैत १० : लोक सेवा आयोगका सबै पदाधिकारीको पदावधि सकिएपछि कामकाज रोकिएको छ।मंगलबार अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीको पदावधि सकिएको हो।...
लोक सेवाका पदाधिकारीको पदावधि सकियो, कामकाज पनि ठप्प

काठमाडौं, चैत १० : लोक सेवा आयोगका सबै पदाधिकारीको पदावधि सकिएपछि कामकाज रोकिएको छ।

मंगलबार अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीको पदावधि सकिएको हो। अध्यक्ष मैलानीसँगै सदस्यहरु विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झाको कार्यकाल पूरा भएको हो।

लोक सेवामा ६ वर्ष अघि सात जना पदाधिकारी नियुक्त भएका थिए। दुई जनाको यस अघि नै उमेरहदले अवकास पाएका थिए। बाँकी पाँच जनाको पनि मंगलबार पदावधि सकिएको हो।

आयोगका पदाधिकारीको पदावधि सकिएसँगै कामाकाज रोकिएको छ। अब नयाँ विज्ञापन, लिखित नतिजा प्रकाशन,

अन्तर्वार्ता, सिफारिस, बढुवालगायतका काम रोकिएका छन्। आयोगले यस अघि तय गरेका लिखित परीक्षा पनि रोकेको छ।

 

प्रकाशित मिति: १९:३७ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्