Kathmandu Press

युवतीलाई भारतको कोठीमा बेचेको आरोपमा २८ वर्षपछि पक्राउ

काठमाडौं, चैत १० : दुई युवतीलाई भारतको मुम्बईस्थित कोठीमा बेचेको आरोपमा २८ वर्षपछि एक जना पक्राउ परेका छन्।नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले...
युवतीलाई भारतको कोठीमा बेचेको आरोपमा २८ वर्षपछि पक्राउ

काठमाडौं, चैत १० : दुई युवतीलाई भारतको मुम्बईस्थित कोठीमा बेचेको आरोपमा २८ वर्षपछि एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले भक्तपुरको सुडालबाट रामशरण पण्डितलाई पक्राउ गरेको हो। उनले २०४९ सालतिर ठमेल क्षेत्रमा होटल तथा लजका निम्ती गाडी चलाउने रामशरणले त्यतिबेला बालाजु क्षेत्रका २० वर्षमुनिका दुई युवतीलाई बम्बईको कोठीमा ३५ हजार भारतीय रुपैयाँमा बेचेको आरोप छ।

दुवै युवतीलाई हिराको ओसारपसार गर्ने काममा लगाइ दिने प्रलोभन देखाएको प्रहरीको भनाइ छ। मुम्बईमा बेचिएकी एक युवती भारतीय ग्राहकमार्फत काठमाडौंमा रहेका आफ्ना मामालाई चिठ्ठी पठाएका थिइन्।

चिठ्ठी पाएपछि उनका मामाले भारतीय प्रहरीको सहयोगमा युवतीको उद्धार गरेका थिए। काठमाडौं फर्केपछि युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुरी परेपछि रामशरण लुकेर बसेको प्रहरीको भनाइ छ। उनी वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्