Kathmandu Press

नयाँ सत्ता गठबन्धनमा लखनऊका नवावको शैलीः डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विपक्षी दलहरूको नयाँ सत्ता गठबन्धन प्रयासलाई लखनऊका नवावको शैली संज्ञा दिएका छन्।
नयाँ सत्ता गठबन्धनमा लखनऊका नवावको शैलीः डा. भट्टराई

काठमाडौं, चैत १० : पूर्वप्रधानमन्त्री तथा जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विपक्षी दलहरूको नयाँ सत्ता गठबन्धन प्रयासलाई लखनऊका नवावको शैली संज्ञा दिएका छन्।

मंगलबार ट्विट गर्दै डा. भट्टराईले कुनै पनि बहानामा भाग्ने काम नगर्न आग्रह गरेका छन्।

‘पहले आप, पहले आप भन्दाभन्दै लखनऊका नवावको गाडी छुट्थ्यो रे। विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ,’ उनले लेखेका छन्, ‘सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो। यो वा उ बहानामा भाग्ने गल्ती नगरौं।’
 

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्