Kathmandu Press

नेपालमा पनि संक्रमण बढ्दै, आज १८८ जनामा कोरोना पुष्टि

काठमाडौं, चैत १० : नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा १८८ जनामा संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
नेपालमा पनि संक्रमण बढ्दै, आज १८८ जनामा कोरोना पुष्टि

काठमाडौं, चैत १० : नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा १८८ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा चार हजार ३२ जनाको पिसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। सोमबार देशभर १५५ जनामा संक्रमण देखिएको थियो।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार १४४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७७ जना निको भएका छन्। कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ। यसैगरी अहिलेसम्म कोरोनाबाट तीन हजार १९ जनाको मृत्यु भएको छ।

अहिले देशभर एक हजार १२८ सक्रिय सङ्क्रमित छन्। उनीहरूमध्ये ४८ जना संस्थागत क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्