Kathmandu Press

बलात्कारपछि हत्या प्रयास गरिएकी युवतीको उपचारमा महिला आयोगको चासो

बलात्कारपछि हत्या प्रयास भएकी २३ वर्षीया युवतीको उपचारमा राष्ट्रिय महिला आयोगले चासो लिएको छ।
बलात्कारपछि हत्या प्रयास गरिएकी युवतीको उपचारमा महिला आयोगको चासो

काठमाडौं, चैत १० : बलात्कारपछि हत्या प्रयास भएकी २३ वर्षीया युवतीको उपचारमा राष्ट्रिय महिला आयोगले चासो लिएको छ।

काठमाडौं जोरपाटीकी उनी गत १४ माघमा सौतेनी बाबुबाटै बलात्कारमा परेकी थिइन्। अभियुक्तले बलात्कारपछि उनको हत्या प्रयास गरेका थिए।

प्रतिकारका क्रममा युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी र दाँतहरू भाँचिएका थिए। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालमा उनको रेखदेख आमाले गर्दै आएकी छन्। ११ चैतमा आयोगको टोली उनको उपचार भइरहेका प्रयासबारे बुझ्न अस्पताल जाँदैछ। ‘उनको स्वास्थ्य अवस्था बुझ्‍न र आवश्यक सहयोगका लागि टोली जान लागेको हो,’ आयोगकी एक अधिकारीले भनिन्।
 

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्