Kathmandu Press

कोरोना संक्रमित बढेपछि भारतका विभिन्‍न सहरमा कर्फ्यु र लकडाउन

भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि बढी प्रभावित क्षेत्रहरूमा सरकारले लकडाउन र कर्फ्युको घोषणा गरेको भारतीय अनलाइन न्युजपोर्टल ‘बिजनेस टुडे’ले जनाएको छ।
कोरोना संक्रमित बढेपछि भारतका विभिन्‍न सहरमा कर्फ्यु र लकडाउन

काठमाडौं, चैत १० : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि बढी प्रभावित क्षेत्रहरूमा सरकारले लकडाउन र कर्फ्युको घोषणा गरेको भारतीय अनलाइन न्युजपोर्टल ‘बिजनेस टुडे’ले जनाएको छ।

भारतमा १७ मार्चमा मात्रै २८ हजार नौ सय तीन नयाँ संक्रमित भेटिएपछि सरकारले लकडाउन गर्न थालेको हो। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नयाँ कोरोना संक्रमितमध्ये ८३ दशलमलव ९१ प्रतिशत महाराष्ट्र, पञ्जाब, कर्नाटक, गुजरात, तमिलनाडु र केरलामा छन्। ती मध्ये ६१ दशमलव आठ प्रतिशत महाराष्ट्रमा रहेको सरकारी तथ्यांक छ।

नागपुरमा १५ मार्चमा दुई हजार पाँच सय ८७ नयाँ संक्रमित भेटिएपछि मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ। यस्तै, अहिले पुनेमा राति ११ देखि बिहान ६, वार्धामा राति ८ देखि बिहान ८, नासिकमा राति ७ देखि बिहान ७ सम्म, नान्देदमा राति ७ देखि बिहान ७ बजेसम्म कर्फ्यु लगाइएको छ।

यस्तै, पनवेलमा राति ११ देखि बिहान ५, मध्यप्रदेशमा राति १० देखि बिहान ६, गुजरातमा राति १० देखि बिहान ६ र पञ्जाबमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कफर््यु लगाइएको छ। उत्तराखण्डका केही सहर पनि निश्चित समयका लागि लकडाउन घोषणा गरिएको छ।
 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्