Kathmandu Press

अझै खुलेन गड्डाचौकी नाका, भारतमा संक्रमण बढेपछि थप सतर्कता

कञ्चनपुर, चैत १० : कोरोना तिव्ररुपमा फैलिएपछि गत वर्ष बन्द गरिएको कञ्चनपुरको गड्डाचौकी नाका अझैसम्म खुल्न सकेको छैन । भारतबाट कोरोना कहरमा त्रासदीका...
अझै खुलेन गड्डाचौकी नाका, भारतमा संक्रमण बढेपछि थप सतर्कता

कञ्चनपुर, चैत १० : कोरोना तिव्ररुपमा फैलिएपछि गत वर्ष बन्द गरिएको कञ्चनपुरको गड्डाचौकी नाका अझैसम्म खुल्न सकेको छैन । भारतबाट कोरोना कहरमा त्रासदीका बीच नेपाली घर फर्किरहँदा पश्चिमी सीमानाकाहरु व्यवस्थापनका लागि गत वर्ष आजकै दिन गड्डाचौकी नाका बन्द गरिएको थियो।

कोरोना कम भएर मुलुकमा अवस्था सामान्य भइरहेका बेला पनि यहाँको गड्डाचौकी नाकामा आवागमन केही सहज भए पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले लकडाउनको एक वर्ष बितिसक्दा पनि नाका सहज हुन नसकेको बताए ।

‘केही समयअघि मात्रै स्थानीय प्रशासनले भारतीय नागरिकलाई आवागमनका लागि सहज गरे पनि सवारीसाधन अझै सीमानाकामा निर्बाधरुपमा सञ्चालन हुन सकेको छैन’, अध्यक्ष मल्लले भने, ‘भारतमा कोरोना बढिरहेकाले अझै सीमामा हामीले पनि सतर्कता अपनाउनु आवश्यक छ ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतका विभिन्न शहरमा पुनः कोरोनाका बिरामीहरु बढ्न थालेपछि सुदूरपश्चिममा नेपाल–भारत सीमा क्षेत्रमा कोरोना जाँचलाई अघि बढाएको छ । ‘केही दिनअघि गड्डाचौकी नाकामा पनि कोरोना नमूना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘भारतमा संक्रमित क्षेत्रबाट आएका र शंकास्पद देखिएका व्यक्तिहरुको नाकामै अहिले कोरोना परीक्षण गरिरहेका छौं।’

सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा डेढ लाख जनालाई कोरोनाको खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले आज बिहान पनि सीमानाकामा स्वास्थ्य परीक्षण गराउँदा एकजनामा कोरोना पोजेटिभ देखिएको बताए। पछिल्लो समय भारतबाट स्वदेश फर्किने चारजनामा कोरोना देखिएको छ ।

 

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्