Kathmandu Press

ओली सरकारले वाइडबडीमात्रै होइन देश नै डुबाउन थाल्योः लेखक

काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वाइडबडी मात्रै नभएर केपी शर्मा ओली नेतृत्वको सरकारले देश नै....

ओली सरकारले वाइडबडीमात्रै होइन देश नै डुबाउन थाल्योः लेखक

काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वाइडबडी मात्रै नभएर केपी शर्मा ओली नेतृत्वको सरकारले देश नै डुबाउन लागेको लगाएका छन्।

‘देशको वाइडबडी नै डुब्दैछ, समयमै यसबारेमा चेतना जाग्न जरुरी छ’ नेता लेखकले भने। सरकारले ल्याएको बजेट अदुरदर्शी र भ्रमपूर्ण रहेको पनि उनले टिप्पणी गरे।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,‘सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो। तर, सरकारले जुन उद्देश्य र नारा लिएको छ, यो उद्देश्य पूरा हुँदैन। यो बजेटले सरकारको उद्देश्य पूरा हुँदैन।’

वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको उनको आरोप छ। उनले भने,‘सरकारले विकासको कुरा उधारो गरेको छ। यही तरिकाले समृद्धि आउँदैन।’ वर्तमान सरकारले साढे दश महिनामा ४४ प्रतिशतमात्रै पूँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ ? भन्दै लेखकले प्रश्न गरे।

फरक प्रसँगमा नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएकोबारे टिप्पणी गर्दै उनले भने,‘जुन ढंगले यो विषय आएको छ, यसले चाहिँ स्थिरताको नारा, विकास र समृद्धिको नारा जनतालाई सुनाउन व्यर्थ शब्दावली राखिएको पुष्टि गरेको छ।’ 
 

प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, जेठ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्