Kathmandu Press

पुनर्निर्मित घरमा संरचना विस्तारका लागि कार्यविधि

भूकम्पपछि पुनर्निर्माण भएका घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न चाहने लाभग्राहीका लागि कार्यविधि तयार भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
पुनर्निर्मित घरमा संरचना विस्तारका लागि कार्यविधि

काठमाडौं, चैत १० : भूकम्पपछि पुनर्निर्माण भएका घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न चाहने लाभग्राहीका लागि कार्यविधि तयार भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

कार्यविधिमाथि सरकारी अधिकारी, राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक र विकास साझेदार प्रतिनिधिहरूबीच अन्तर्क्रिया सम्पन्न भएको छ। प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार पारेको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने बताए। घरमा थपिएको हिस्सा पनि भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले कार्यविधि निर्माण गरिएको उनले जानकारी दिए।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुंगेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाका बारेमा प्रस्तुतीकरण दिएका थिए। 

कार्यविधिले ढुंगामाटो तथा सिमेन्टको जोडाइ भएका घरहरूमा दायाँ-बायाँ वा अगाडि-पछाडि भूकम्प प्रतिरोधी ढंगले विस्तार गर्न सकिने व्यवस्था गरेको छ।
 

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्