Kathmandu Press

सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित सेवा

सोलुखुम्बु, चैत १० : सोलुखुम्बुको फाप्लुमा ग्लोबल आइएमई बैंकले शाखारहित सेवा सञ्चालन गरेको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा बैंकले शाखारहित बैंकिङ सेवा सुरु...
सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित सेवा

सोलुखुम्बु, चैत १० : सोलुखुम्बुको फाप्लुमा ग्लोबल आइएमई बैंकले शाखारहित सेवा सञ्चालन गरेको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो।

ग्लोलब आईएमई बैंकको शाखारहित बैंकिङ सेवाको सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले उद्घाटन गरिन् । शाखारहित बैंकिङ सेवाका लागि बैंकले मानकुमार श्रेष्ठलाई प्रतिनिधिमा नियुक्त गरेको छ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टोलिफोनको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

योसँगै ग्लोबल आईएमई बैंकका शाखारहित सेवा २५६ पुगेको छ ।

 

 

प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्