Kathmandu Press

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरू हुने

भक्तपुर, जेठ २१ : प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ।

देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि स....

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरू हुने

भक्तपुर, जेठ २१ : प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ।

देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमको भक्तपुरबाट जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए।

प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब दुई करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम रहेकोमा चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लाख ७६ हजार र सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार रूपैयाँ बराबरको रकम विनियोजित भएको उनले जानकारी दिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन्।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोला, सूर्यविनायक नपाबाट सात वडाध्यक्ष, चाँगुनारायण नपाबाट चार वडाध्यक्ष र मध्यपुर थिमि नपाबाट दुई जना रहने गरी भव्यरुपमा कार्यक्रम गर्नेगरी समिति गठन गरेको छ। रासस

प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, जेठ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्